• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

चीनको योजना ‘बेल्ट एन्ड रोड’ को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै 

काठमाडौं । आगामी फागुन १३ देखी १५ सम्म बेल्ट एन्ड रोडसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । पहिलो सम्मेलन चीनको राजधानी बेइजिङ्मा भएको थियो । 


राजधानी काठमाडौं कार्यक्रम आयोजना हुने भएको हो । बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट एलायन्स(ब्रिटा) को आयोजनामा सम्मेलन हुन लागेको हो । ब्रिटाको बोर्ड सदस्यसमेत रहेको नासा फाउन्डेसन र नेपाल अटोमोबाइल्स एसोसियसनको संयोजनमा बेल्ट एन्ड रोड इनिसेटिभ, नेपाल कनेक्टिङ द वल्ड, बेनिफिट एन्ड च्यालेन्ज’ विषयमा हुन लागेको सो सम्मेलन सडक बोर्ड नेपालको सहकार्य तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल इन्जिनियरिङ एसोसियसनलगायतका संस्थाको सहयोग र प्रस्तुतिमा हुन लागेको हो ।


नेपाल विथ बेल्ट एन्ड रोड इनिसेटिभ, पूर्वाधार विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायतका विषयमा छलफल हुने सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । 


नेपालमा भइरहेको सडक यातायात क्षेत्रसँग सम्बन्धित सम्भवतः पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा चीन, भारत, संयुक्त अधिराज्य, लात्भिया, नाइजेरिया र मलेसिया लगायतका एक दर्जन देशका तीन दर्जन सहभागी हुने अपेक्षा गरिएको छ । 


सडकसहितका पूर्वाधार, एसियन हाइवे, स्टार रेटिंग रोड्स, ड्राइभ टुरिजम र टुडे ट्रान्सपोर्ट ब्यवस्थापन र सुरक्षाजस्ता मूल विषयमा लगभग दुई दर्जन वक्ताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार