• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

ला लिगामा रियल पराजित, दोस्रो स्थानमा उक्लने मौका गुम्यो 

काठमाडौं । गएराति सम्पन्न भएको खेलमा रियल मड्रिड पराजित भएको छ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड जिरोनसँग पराजित भएको हो । 


घरेलु मैदानमा भएको खेलमा  रियल २–१ ले पराजित भएको हो । घरेलु टोलीका लागि क्यासेमिरोले पहिलो गोल गरे । तर जिरोनाका क्रिस्चियन स्टुवानी र पोर्टुले एक एक गोल फर्काउँदै पाहुना टोलीलाई विजयी गराए ।

 

खेलको इन्जुरी समयमा कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि रियाल मड्रिड १० खेलाडीमा समेटिएको थियो । यो खेलपछि रामोस ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडी बनेका छन् । उनले करियरमा ला लिगामा मात्रै २० वटा रातो कार्ड खाएका छन् ।

 

हारपछि रियाल मड्रिडले तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । तेस्रो स्थानको रियालले २४ खेलबाट ४५ अंक जोडेको छ । समान खेलबाट ५४ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४७ अंक छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार