• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

पुलवामा घटना पश्चात् भारत पाकिस्तान सम्बन्धमा थप संकट, पाकिस्तानमा साईबर हमला

नयाँ दिल्ली । पुलवामा ४१ जना भारतीय सैनिकको ज्यान गएपछि भारतले उत्त स्थानमा हमला सुरु गरेको छ । दक्षिण कश्मीरको पुलवामा जिल्लाको पिङ्गला क्षेत्रमा आतंकवादी र सुरक्षाबलबीच सोमवार मुठभेड शुरू भएको छ । 


भारतीय सेनाले सो स्थानमा आतंककारी लुकेको हुन सक्ने आशंका गरेको छ । सेनाले ३ आत‌ंककारी लुकेको बताएको छ ।  सुरक्षाबलद्वारा लगातार आतंकवादीमाथि गोलाबारी भईरहेको छ । 

 

१४ फेब्रुअरीका दीन पाकिस्तानी आंतककारी समूहले उत्त स्थानमा आत्माघाती हमला गर्दा सीआरपीएफका ४० सैनिकको मृत्यु भएको थियो । यो घटना पश्चात् भारत पाकिस्तान सम्बन्धमा थप समस्या आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीलाई जवाफ दिन सेनालाई आदेश दिएका छन् । 


सो हमलापछि देशभर पैदा भएको आक्रोशलाई मध्यनजर गर्दै सरकारले अलगाववादी नेताहरुलाई दिइएको सुरक्षा समेत फिर्ता लिईएको छ । आइतबार ती व्यक्तिहरुलाई दिइएको सुरक्षा र गाडीहरु फिर्ता बोलाईएको छ । 

 

पाकिस्तानमा साइबर हमला 

 

घटना पश्चात् पाकिस्तानको विभिन्न हमलाहरु हुन् थालेका छन् ।  भारतीय ह्याकरहरुले पाकिस्तानका २०० भन्दा बढी वेभसाईट ह्याक गरेका छन् । 

 

टीम आई–क्रूद्वारा ह्याक गरिएको यी वेभसाइट खोल्दा शहीदहरुलाई श्रद्धाञ्जलि दिनको लागि मैनबत्ति जलाईएको देखिन्छ । साथमा भारतीय वायुसेनाका लडाकू विमान धुवाँको मुस्लोसँगै उडान भरिरहेको देखिन्छ । 

 

सोही पेजमा लेखिएको समेत छ कि‘पुलवामा आतंककारी हमलामा मारिएका शहीदहरुप्रति हाम्रो श्रद्धाञ्जलि ।’ यो साइबर हमलालाई पाकिस्तानमा भएको सबैभन्दा ठूलो साइबर हमला मानिएको छ ।

 

यस बाहेक पनि त्यहाँ हामी १४ डिसेम्बर २०१९ कहिलै भुल्दैनौं समेत लेखिएको छ । भारत प्रशासित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन्।  एजेन्सि

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार