• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

अस्ट्रेलियामा सन्दिप लामिछानेको टोली उपविजेता, मेलबर्न रेनेगेड्सले चुम्यो उपाधि

काठमाडौं । अस्ट्रेलियाको चर्चित बिग बास लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि मेलबर्न रेनेगेड्सले जितेको छ ।

 

आज भएको फाईनल खेलमा सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्सलाई १३ रनले हराउँदै रेनेगेड्सले उपाधि जितेको हो ।

 

खेलमा रेनेगेड्सले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो ।

 

उसका लागि सुरुवाती ब्याट्सम्यान बेन डंकले ५७ रन तथा मार्कस स्टोइनीसले ३९ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

 

उसका लागि टम कुपरले अविजित ४३ रन जोड्दा ड्यानिएल क्रिश्चियनले अविजित ३८ रनको योगदान दिए ।

 

मेलबर्न स्टार्सका सन्दिप लामिछानेले विकेट लिन नसकेपनि किफायती बलिङ गरे ।

 

उनले ४ ओभरमा १६ रन मात्रै खर्चिए । जारी प्रतियोगितामा सन्दिपले कुल ११ विकेट लिन सफल भए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार