• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

पशुपति शर्माको भाइरल गीतः राष्ट्रको अपमान भयो कि कलाकारको ?

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीतलाई युट्युवबाट हटाइएकोप्रति विभिन्न कोणबाट बहस सुरु भएको छ ।

 

नेपालमा देखिएको बेथितीबारे ब्यङ्यात्मक रुपमा तयार पारिएको गीतका बारे सरकार र नेकपासम्बद्ध नेताहरुले आपत्ति प्रकट गरिरहेका छन् । सामाजिक संजालमा गायक शर्माप्रति आलोचनासहित प्रशंसा पनि उत्तिकै व्यक्त भइरहेका छन् ।

 

सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला विपक्षीहरुको मनोभाव झल्किएको भन्दै सरकार र सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि गीतबारे असन्तुष्टी जनाएका हुन् ।

 

तर यता, सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शर्माको माथि सरकारले प्रतिबन्ध लगाएकोप्रति आफूलाई जानकारी नरहेको बताएका छन्।

 

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध प्रहार गरिएको गीतलाई सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् ।

 

लोक गायक पशुपति शर्माको गीत सरकारले बन्द गराएर सरकारले पञ्चायती शासनको झल्को दिएको उनले बताए ।

 

आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘हामीलाई त अहिले पञ्चायतकालीन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

 

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको उनले बताए । ‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’

 

कतिपयले यस्तो गाली गर्नु दण्डनीय अपराध हो, भनेका छन् । शर्माको गीतले समाजमा निरासा र घृणा फैलाउन खोजेको सरकारका समर्थकहरुले बताइरहेका छन् ।

 

गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ । काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे बहस चलेको थियो ।

 

गीतको समर्थनमा विपक्षी दलका कार्यकर्ताहरुले सडका जुलुश निकालेका छन् । माइतघर मण्डलामा ठूलो आवाजमा गीत गुन्जाइएको छ भने सामाजिक संजालहरुमा गीतलाई ब्यापक शेयर गरे भाइरल बनाइएको छ ।

 

विवेकशील नेपालीले  शर्माको गीतलाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गरेको छ ।

 

विवेकशीलले शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गरेको छ ।

 

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले सरकारले गीत, संगीतप्रति प्रहार गरेको भन्दै मौलिक हक र लोकतान्त्रिमाथि नै हस्तक्षेप गरेको आरोप लगाएको छ ।

 

राष्टका प्रतिभा र गहना जस्ता गीतकार, गायक र कलाकारहरुको कलाको सम्मान गर्नुपर्नेमा उल्टो उनीहरुलाई सत्ताको आडमा धम्याइएको भन्दै सर्वत्र विरोधहरु भइरहेका छन् ।

 

नेपालको संबिधानको धारा १७ को उपधारा २ (क) को बिचार र अभिब्यक्तिको हक, धारा १९ को उपधारा १ को संचारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको भन्दै आपत्ति प्रकट गरिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार