• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

कुष्ठरोगबाट बर्सेनी तीन हजार संक्रमित 

काठमाडौं । सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लाग्दा पनि बर्सेनीे तीन हजार विरामी फेला परिरहेका छन् । 

 

कुष्ठरोगको किटाणु शरिरमा प्रवेश गरिसकेपछि पनि दाग नदेखिँदा हातखुट्टा लगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ संस्था पुग्ने गरेका छन् । लेले स्थित आनन्दवन अस्पतालका अनुसार कुष्ठरोग लाग्ना साथ अधिकांशमा सुरुमा रातो वा फुस्रो रंगको दाग र गीर्खा देखिने गरेको छ । 

 

कतिपय व्यक्तिमा रोग लागेपछि विस्तारै नशा फुल्दै जाने र ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नशा रोगको नै उपचार हुने अस्पतालमा कार्यरत कुष्ठरोगको विशेषज्ञ डा. महेश शाहले बताए । 
झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको कुष्ठरोगको उपचारका लागि अस्पतालमा बिरामी आउने डा. शाहले बताए । उनका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेर समेत दाग नदेखिनु चुनौतीका रुपमा रहेको छ

 

उनले भने, किटाणु फैलिएर बिरामी अंगभंग भएपछि मात्र बिरामी उपचारका लागि आइपुग्छन् । बिरामीमा विस्तारै हातखुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखा पर्ने हुँदै अन्तमा बिरामीले सामान्य काम समेत गर्न नसक्ने डा. शाह बताउँछन् ।

 

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिने संगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आंखी भौ पहिले पातलो हुंदै झर्न थाल्ने अस्पतालले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार