• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

ला लिगा बार्साको शिर्ष स्थान कायमै, संघर्षपूर्ण खेलमा रियल भालाडोलिड पराजित

काठमाडौं । स्पेनिस ला लिगमा बार्साले आफ्नो शिर्ष स्थान कायम राखेको छ । गएराति भएको खेलमा संघर्षपूर्ण जित निकाल्दै बार्साले ७ अंकको अग्रतालाई बनाएको हो । 


बार्साले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई सात अंकले पछि पारेको छ । उसले २४ खेलबाट ५४ अंक बनाउँदा दोस्रो स्थानको एट्लेटिकोको ४७ अंक रहेको छ।


गएरातिको खेलमा रियल भालाडोलिडलाई हराउन बार्साले एक शून्यले नतिजा निकाल्यो । पुछार तिरको क्लब भालाडोलिडलाई हराउँदा लियोनल मेसीले प्रहार गरेको एउटा पेनाल्टी गोल हुन सकेन । 

 

भालाडोलीडका मिचेलले जेरार्ड पिकेलाई फल गरेपछि पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा फेरि अर्को पेनाल्टी पायो । सब्सिच्युट खेलाडी फिलिप कोउन्टिन्होलाई कीको आलीभसले फल गरेपछि पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार