• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

गैडाकोटमा १० परिवारलाई बाख्रा बितरण 

पूर्ण प्रसाद शर्मा, गैडाकोट ।  पिछडावर्ग उत्थान समाज भरतपुर १७ ले आज एक कार्यक्रम गरी १० परिवारलाई बाख्रा बितरण गरेको छ । न्यून आर्थिक अवस्थामा रहेका भरतपुर महानगरपालिका वडा नं १७ मा बसोवास गर्ने सिमान्तकृत जातीहरु दरै, बोटे कुमाल लगायतलाई बाख्रा बितरण गरिएको हो । 

 

प्रति परिवार १ वटाका दरले स्थानिय उन्नत जातका बाखा्र बितरण गरिएको कार्यक्रम संयोजक गोपाल दरैले जानकारी दिए । उनका अनुसार वडामा बसोवास गर्ने तर आर्थिक रुपमा कमजोर परिवारलाई बाखा्र बितरण गरिएको हो । यो बर्ष वडा कार्यालयबाट पिछडा बर्ग उत्थान समाज प्र्राप्त रकम यहि कार्यक्रमा खर्चिएको उनले जानकारी दिए । 

 

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं १७ का सल्लाहाकार संयोजक चन्द्रध्वज गुरुङ्गले यस्ता कार्यक्रमलाई वडा कार्यलयले प्राथमिकता दिनुपर्ने बताए । 

 

वडा नं १७ का वडा अध्यक्ष ललितमान तामाङ्गले यो कार्यक्रमको वड कार्यालयले निरिक्षण गर्ने राम्रो गर्नेलाई फेरी पुरस्कृत गर्ने बताए । उनले आर्थिक आय आर्जनका यस्ता कार्यक्रममा वडा कार्यालयले सहयोग गर्दै आईरहेको बताए । 

 

पशुसेवा कार्यालय गुञ्जानगरका गोबिन्दप्रसाद ढकालले बाखा्रहरुलाई लाग्ने रोगबाट बचाउने तरिका तथा कसरी धेरै फाईदा लिन सकिन्छ भन्ने बारेमा बताएका थिए । समाजले आज स्थानिय फुलमाया कुमाल, हेम कुमारी कुमाल, सरिता दराई, मुना दराई, माया कुमाल, मंगली दराई, मिना कुमाल, लिलावती कुमाल, टिकामाया घर्ती, रामजी कुमाललाई बाखा्र प्रदान गरेको हो ।

 

सो कार्यक्रम पिछडा बर्ग उत्थान समाज भरतपुर १७ का अध्यक्ष सुराय बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिकासँग समन्वय गर्दै बिभिन्न कार्यक्रम गर्ने समाजले अघिल्लो बर्ष सरकारी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई स्टेशनरी साम्रागी बितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार