• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सव सम्पन्न

काठमाडौं । देशभरिका ४० वटा विद्यालयबाट ४९ जना बालकलाकारहरु सहभागी भएर अभिनय गरेको प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सव सम्पन्न भएको छ । 

 

महोत्सव भएपनि राम्रा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ठ पाँच कलाकार छनौट गरिएको थियो । जसमा क्रियटिभ स्कुलकी विदिसा महर्जन, एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई, पायोनियर पब्लिक स्कुलकी दिपिका ढुँगाना, जुगल ई. स्कुलकी स्मेरा विष्ट, लिटिल एन्जल्स स्कुलकी आयुष्मा पौडेल उत्कृष्ट घोषणा भए । यि उष्कृट पाँचलाई श्रीलंकामा एक दिने महोत्सव आयोजना गरेर मञ्चन गरिने योजना रहेको महोत्सव निर्देशक टंक चौलागाँईले जानकारी दिए ।

 

पुरस्कृत बालकलाकारहरुलाई निर्णायक मध्येका प्रमुख हरिहर शर्माले नगद चार हजार, मायाँको चिनो र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । साथै सहभागी सम्पुर्ण बालकलाकारलाई मायाँको चिनो, प्रमाण पत्र र सहभागी विद्यालयहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । 

 

महोत्सवको अन्तिम दिन विदिसा महर्जन, युगल खतिवडा, रोहन विश्वकर्मा, पुजा अधिकारी, नविना न्यौपाने, जोस्ना सेढाई, सुस्मिता अर्याल, रिहान श्रेष्ठ, जेनिस उप्रेती, कृतिका पौडेल, नरेस ढेंगा, आयुस रिमाल, सुस्मा धिताल, आकृति सिटौला, दीपिका ढुँगाना, आयुष खरेल र आयुष सिटौलाले अभिनय गरेका थिए । महोत्सव काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले अयोजना गरेको हो भने स्कुल थिएटर नेपालले समन्वय गरेको हो ।

 

प्रज्ञा लालाबाला दोश्रो एकल बाल नाटक महोत्सवको प्रमुख अतिथि अभि सुवेदीले उद्घाटन गर्नु भएको थियो । उदघाटनमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले कुमारी नृत्य प्रस्तुत गरेको थियो । रंगकर्मका साथै विद्यालयहरुमा रंगकर्म पढाई रहेका १६ जना रंगकर्मीहरुलाई थिएटर एजुकेसन सम्मान गरिएको थियो । महोत्सवमा स्वागत मन्तव्य दिँदै काठमान्डौ प्रज्ञा कुञ्ज स्कुलकी प्राचार्य सुनिता पौडेलले महोत्सव गर्नुको उद्देश्य र विद्यालयहरुमा रंगकर्मको प्रभावको बारेमा प्रकाश पारेका थिए । 

 

काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी त्रिसा भट्टले अप्रतियोगी नाटक देखाएकी थिईन् । एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराईले अभिनय गरेको मेरी मुसी नाटकमा आफ्नी बहिनी बलात्कार भएको घटना समेटिएको थियो । त्यसैगरि विभुती पाठशालाका सुमन लामा, लिटिल एन्जल्स स्कुलका कुशलबहादुर थापा र आयुष्मा पौडेल, लाके आवाशिय माविकी दिपसिखा धिताल, केएमसी स्कुल शंखमुलका आकार थापा, प्यारागन स्कुलकी शुभेच्छा तिमल्सिना, ग्लोबल पब्लिक स्कुलका श्रदेय भट्टराई, एमिल एकेडेमीका प्रबुद्ध खरेल, बागमती बोर्डिङ्ग स्कुलका कृतज्ञ भट्टराई, काभ्रे मा.वि, बनेपाकी खुशी तिमल्सिना, आकाशगंगा ईन्टरनेसनल एकेडेमी, काठमान्डौ सपना धिमालले विभिन्न विषयका नाटकमा अभिनय गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले विद्यालयमा नाट्य परम्पराको खुलेर प्रशंसा गरे ।

 

त्यसैगरि महोत्सवको दोश्रो दिन बालसाहित्यकार शान्तादास मानन्धर प्रमुख अतिथि थिए । फागुन २ गते विहिवार फुलब्राईट स्कुल, भक्तपुरका बालकलाकार सिद्धार्थ गिरीले हजुरको बुट नाटकमा अभिनय गरे । हिलारी स्कुल, गौरीघाटकी स्तुति पौडेल, जुगल ईं स्कुलकी स्मेरा विष्ट,  कान्जिरोवा नेसनल स्कुलकी प्रिसा चौधरी, शुभकामना एकेडेमीकी अपेक्षा आचार्य, त्रियोग हाई स्कुलकी  मरिसा ढकाल, र  अर्मन घिमिरे, ग्ल्याड स्टोन स्कुलकी रास्ट्रिका खड्का, ब्राईट फ्युचर उ. मा. विका प्रशान्त हुमागाँई, र स्मारिका पान्डे, टाईम्स इन्टरनेसनल स्कुलका श्रेयस श्रेष्ठ, अमिनटी ई. स्कुलका क्षितिज बस्नेत, अक्षरा स्कुलकी कुसुम कार्की, अमा दबलम एकेडेमीकी लिजा मोती काठमाडांै विनायक शिक्षालय गंगा थपलिया, ग्रिनफिल्ड नेसनल स्कुल रचना अधिकारीले अभिनय गरेको नाटक मञ्चन भएको थियो ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार