• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

‘मैले कहिल्यै आफनो तुलना खानहरुसँग गरिन’ 

‘म बिहान सधै भजन सुन्छु । मलाई थाहा छ यो कुरा अरुले मान्दैनन्, तर मलाई हरेक समय संगीत आफ्नो साथ चाहिन्छ । म आफ्नो बुम बक्स बिना कतै पनि जान्न । म तयार हुने बेला देखि लिएर गाडी चलाउँदा पनि गीतमा नै रमाइरहेको हुन्छु ।’ फिल्म ‘गली वाँय’ मा म र्‍यापरको भूमिका देखिएको छु । रणवीर सिंह आफै भन्छन्, गीत गाउँनु एउटा अलग्गै कलाकारिता हो ।

 

यती मात्र होइन रणवीर भन्छन, ‘म पहिले पनि र्‍यापरका रुपमा आएको थिए । ‘म कुनै न कुनै फिल्ममा थोरै भए पनि र्‍यापरको भुमिकामा देखिएको हुन्छु । म जस्तोका लागि यो धेरै ठूलो कुरा हो । म भित्र सायद एउटा र्‍यापरमा हुने कला भएर नै निर्देशक जोयाले मलाई उनको फिल्ममा अभिनय गराएकी हुन  ।’ 

 

तपाई र दिपीकाको संगीतको कुरामा रुची एउटै छ त ?
हामी दुईबिच संगीतमा रुची एकदमै अलग छ । मलाई एकदमै बोल्ड आवाज भएको गीत मन पर्छ । जसलाई अन्डरग्राउण्ड म्युजिक पनि भनिन्छ । दिपीकालाई भने सुमधुर र सुरिलो किसिमको गीत मन पर्छ । तर पनि हामी दुबैले संगीत एकसाथ सुन्यौ भने हामी कोल्डप्ले सुन्न रुचाउँछौं ।

 
 

 

 

तपाईले कुनैबेला मेरो पनि समय आउँछ भन्नुभएको थियो, के त्यो यही समय हो ?
यो मेरो समय होइन । मेरो समय आउन अझै बाँकि छ र पक्कै आउँछ । यो त अहिले मेरो सुरुवात मात्र हो । केहिबर्ष अगाडी मैले फिल्म क्षेत्रमा आउने प्रयास गरेको थिए तर त्यो मन्दीको समय थियो । त्यो यस्तो समय थियो जुनबेला कुनै पनि फिल्म केटालाई लिएर बनाएका थिएन । तब म आफुले आफैलाई भन्थे कि मेरो पनि समय आउँछ । म भित्र कलाकार हुने पक्कै केही न केही गुण छ । 
 

 

देशमा अझै पनि धेरै मानिसहरु ‘गली बाँय’ को जसरी भविष्य बनाउन लागि मुम्बई आउँछन् ?
म उनीहरुलाई भन्न चाहन्छु यो सबै सजिलो छैन । उनीहरु सबै छोडेर आएको हुन्छन, म त यहीको थिए तर पनि मलाई धेरै मेहिनत गर्न प¥यो । मसँग पनि त्यो दिन थियो जब केही काम थिएन । मेरो घरमा पनि त्यो दिन आयो जब परिवारको अवस्था ठीक थिएन र सबै यस्तै समस्याहरु भोग्दै आएका हुन्छन् । मैले पनि धेरै समस्याहरु भोगेको छु । मुम्बईमा आएर केही गर्छु भन्ने कुरा त्यति सजिलो कहाँ छ र ? 


 

 

 

तपाई सधै कलाकार नै बन्न चाहनुहुन्थ्यो, होइन त ?
म अरु कुराहरु पनि बन्न चाहन्थे । म ऐनाको अघि गितार लिएर उभिनन्थेँ र सोच्थे कि रक स्टार सेन्टर बन्न पाउँ । जब सिडीको समय आएको थिएन तब म क्यासेटमा इन ले कार्ड मा बोलेर गित गुनगुनाउँने गर्थे । घर अगाडि एउटा सानो गल्ली थियो जसको एउटा छेउमा कुर्सी राखेर बलिङ अभ्यास गर्ने गर्थे । तर अहिले म कलाकार बनिसके । यसमा पनि एउटा कुरा छ । म कलाकार संगै अन्य कुराहरु पनि बन्न सक्छु । म गीत स्टुडियोमा गएर रेकर्ड गर्छु अथवा अर्को फिल्ममा पक्कै पनि म लर्डसमा गएर बलिङ गर्नेछु र बिहान उठेर क्रिकेट खेल्न जान्छु । मलाई कलाकार बन्नुको यही फाइदा छ ।   
 

 

तीन खानको फिल्म राम्रो चलेन, के अब बलिउडमा नयाँ कलाकारहरुको पालो आएको हो ?
म खुसी छु की मेरो फिल्म अहिलेसम्म चलिरहेको छन् तर म कहिले मेरो तुलना खानहरुसँग गरियोस् भन्ने चाहन्न । म भर्खर भर्खर नै बलिउडमा प्रवेश गरेको कलाकार हुँ तर उनीहरु दुईदशक भन्दा अघि देखि यहाँ काम गर्दै आइरहेका छन् । अहिलेको समयसम्म उनीहरुले आफ्नो स्टारडमको कायम राखेका छन् । उनीहरु डा«इभिङ फोर्स हुन र फोर्स नै रहिरहने छन्  । यसमा मेरो वा म जस्तो नयाँ युवाको उनीहरुसंग तुलना सम्भव छैन् । कहिले काही फिल्म नचल्नु भनेको साधारण कुरा हो । म आफुलाई भाग्यमानी नै ठान्छु कि मेरो फिल्म अहिलेसम्म राम्रो नै चलिरहेका छन् । अब ड्यासिङ स्टार सलमान खानको फिल्म ‘भारत’ ले पक्कै पनि बलिउडमा रेकर्ड कायम गर्छ । वेभ दुनियाँ

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार