• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सरकार अहिलेपनि सही ट्रयाकमा छ:  पूर्वमन्त्री पोखरेल

काठमाडौं । नेकपाका नेता एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा आफूले ‘डिस्टिंक्शन’ दिने बताए ।

 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकार अलोकप्रिय भएको भए अरु दलको समर्थन यतिबेलासम्म फिर्ता भैसक्थ्यो । अहिलेसम्म समर्थन जारी छ । त्यसैले सरकार अहिलेपनि सही ट्रयाकमा छ ।’

 

पोखरेलले वर्तमान सरकार घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको पनि जनाए । उनले भने,‘कांग्रेसले बजेट ल्याउँदा समर्थन गरेकै हो । बजेट सर्वस्विकृत पारित भएको हो ।’ उनले सरकार प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढिरहेको जिकिर गरे ।

 

सुन तस्करीदेखि लिएर अन्य तस्करहरुलाई समेत सरकारले नियन्त्रणमा लिएको र कानुनी कारबाही गरेको उनले बताए । उनले भने,‘कतिपयलाई त जेल हालेको छ । तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ ।’

 

उनले अरुले आरोप लगाएजस्तो मुल्यवृद्धि धेरै नरहेको पनि टिप्पणी गरे । उनले भने,‘मुल्यवृद्धि पनि ट्रयाकमा छ ।’ यही सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको पनि उनले सुनाए । उनले भने,‘प्रधानमन्त्री रोजगारका कार्यक्रम पनि अघि बढाएको छ ।’ मजदुरहरुको ज्याला पनि ३९ प्रतिशत वृद्धि गरेको उनले सुनाए ।

 

त्यस्तै उनले सरकारले कृषि पेन्सन कार्यक्रम पनि छिट्टै लागु गर्ने सुनाए । उनले भने,‘हिजोमात्रै जलविद्युतमा जनताको लगानी कार्यक्रम सुरु भएको छ ।

 

सरकारले धेरै राम्रो काम गरेको छ ।’ उनले नेपालले छिमेकीहरुसँग पनि सम्बन्ध सुमधुर बनाएको दाबी गरे । उनले थपे,‘ल्याण्ड लक्डबाट हामीले ल्याण्ड–लिंक्ड बनाएका छौं ।’

 

यद्धपी उनले जनताका सबै चाहनाहरु पूरा नभएपनि सरकार सही ट्रयाकमा रहेको सुनाए । उनले भने,‘हो, जनताका अपेक्षाहरु अहिलेपनि पुरा भएका छैनन् । तर, सरकार सही ट्रयाकमा छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार