• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

'भ्यालेन्टाइन डे' मा संजोग र बर्षाले गरे बिवाह 

काठमाडौं । आज भ्यालेन्टाइन डे मा  नायक संजोग कोइराला र नायिका बर्षा राउत बिवाह बन्धनमा बाधिएका छन् । प्रेम दिवसका दिन  हिन्दू परम्परा अनुसार उनीहरुले विवाह गरेका हुन ।

 

चलचित्र ‘सरी ल’ को अडिसनको क्रममा वर्षा र संजोगबीच चिनजान भएको थियो। यो जोडीले ‘एउटा यस्तो प्रेम कहानी’ नामक चलचित्रमा सँगसँगै अभिनय पनि गरेका छन्।

 

सात वर्ष लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका  उनीहरुले भोली फागुन ३ गते फिल्मकर्मी तथा आफन्तका लागि बिहे भोज राखेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार