• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

विविध कार्यक्रम सहित होलिभिजनले मनायो २८ औं बार्षिक उत्सव

चितवन । होलिभिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीले आज आफ्नो २८ औं बार्षिकउत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

 

प्रमुख अतिथिको रुपमा कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख भुमिलाल सुबेदीले शिक्षा जीवन भएकाले गुणस्तरिय जीवन जिउनका लागी चाहिने शिक्षा अबको आवश्यकता भएको बताए । कार्यक्रममा उनले प्राबिधिक  शिक्षा आजको आवश्यकता भएको बताउदै त्यस तर्फ अग्रसर हुन सबैलाई आग्रह गरे । सिकाउने नाममा आफ्ना मौलिक सस्कार र सस्कृतिलाई महत्व दिनुपर्ने बताउदै किताब मात्रै होइन अब समाज तथा मनोबिज्ञान समेत बुझ्नसक्नु पर्नेमा जोड दिए । उनले भरतपुर महानगरले सस्थागत र सामुदायिक बिद्यालयलाई कुनै बिभेद नगरेको बताउदै गुणस्तरमा कुनै सम्झौता नगर्न बिद्यालयलाई सुझाव दिए । 

 

कार्यक्रममा प्याबसन भरतपुरका अध्यक्ष लेखनाथ खनाल, भरतपुर महानगर पालिका वडा नं ४ का सदस्य प्रेम पाठक लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बिद्यालयका प्राचार्य मिनराज बस्ताकोटीले आर्थिक तथा शैक्षिक प्रतिबेदन पेश गरेका थिए । 

 

सोहि अवसरमा बर्षभरका शैक्षिक तथा खेलकुदमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमलाई बिद्यालय परिसरमा बिद्यार्थीहरुले निमार्ण गरेका शैक्षिक सामग्रीको प्रर्दशन तथा बिभिन्न सास्कृतिक कृयाकलापले आकषर्ण थपेको थियो । सो कार्यक्रम बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष बेगनाथ गेरैको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार