• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।

 

बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न दशवटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्‍याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार