• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

पार्टीको दबाब पछि नेविसंघ अध्यक्ष महर राजीनामा दिँदै

काठमाडौं ।  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिने भएका छन्।  पार्टीले नेविसंघको तदर्थ समिति गठन गर्ने भएपछि उनले राजीनामा दिने लागेको बताइएको छ ।

 

पार्टीका नेताहरुबाट आएको दबाब थेग्न नसकेपछि अध्यक्ष महरले आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिने तयारी गरेका छन् ।नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक राखिएको छ।

 

नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो।

 

नेविसंघ कै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गर्न खोजेको श्रोतको भनाइ छ ।

 

श्रोतका अनुसार अध्यक्ष महर राजीनामाका लागि केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरिरहेका छन् ।  उनले आफू पदबाट राजीनामा दिने मनस्थितिमा रहेको र संगठन र पार्टीभित्र छलफल गरिरहेको प्रतिक्रिया दिएका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार