• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन युरोपबाट सुरु 

काठमाडौं । लण्डनबाट चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु भएको छ । युरोपियन राष्ट्र बेलायतबाट चलचित्रको छयाकन सुरु भएको हो । ५० दिनको लक्ष्य लिएर चलचित्र टिम युरोप पुगेको हो । 


चलचित्रमा नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

 

चलचित्र निर्माताहरुका अनुसार लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायांकन हुनेछ । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ । अमित बस्नेतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण छ ।

 

अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ । त्रिकोणात्ममक प्रेमकथामा यो चलचित्र तयार हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार