• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

फेरी मौसममा भयो बदली ,यस्तो छ तीन दिनको मौसम बिवरण

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट फेरी मौसमा परिवर्तन हुने भएको छ ।लगातार ४ दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आए पनि आजबाट फेरी मौसममा बदली हुनेछ ।

 

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो ।

 

तर सोमबार भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार माघ २९ गते मंगलबार अर्थात् भोली पश्चिमी र पूर्व तथा मध्यका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। राति देशको पश्चिमी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

यस्तै फागुन १ गते बुधवार अर्थात् पर्सी  दिउँसो देशको पश्चिमी भूभाग साथै पूर्व र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार