दबंग–३ मा करिनाले आइटम डान्स गर्ने
काठमाडौं । बहुप्रतिक्षीत चलचित्र दबंग–३ मा अभिनेत्री करिना कपुरको आइटम डान्स देख्न पाइने भएको छ ।
दबंग२ मा ‘ फेविकोल से ’ मा आइट डान्स गरेकी करिनाले बन्न लागेको चलचित्र दबंग३ मा पनि आइटम डान्स गर्न लागेकी हुन् । दबंग१ मा मलाइका अरोराले ‘मुन्नि बदनाम हुई’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन ।
बन्न लागेको चलचित्रको गीतमा कोरियोग्राफी पनि प्रभुदेवाले नै गर्दैछन् । दबंग–३ मा अश्वनी माञ्जरेकर, सोनाक्षी सिन्हा र सलमान खानले खेल्ने पहिले नै तय भइसकेको छ ।
फिल्मको सुटिङ मार्चमा सुरु हुँदै छ । सेट बनाउने काम सकिँदै छ ।दबंग सिरिजका दुवै फिल्ममा सलमान मुख्य भूमिकामा थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस