• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

दुर्घटनामा परि चीनमा ११ जनाको मृत्यु 

हेफेइ । दुर्घटनामा परि चिनमा ११ जनाको मृत्यु भएको छ । चीनको पूर्वी प्रान्तमा भएका दुईबटा छुट्टा छुट्टै दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।


चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरू ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरू चार जना घाइते भएका हुन् ।

 

स्थानीय समयअनुसार बिहान ५ः१२ मा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

 

घाइते अरू चार जनाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्को दुर्घटना स्थानीय समयअनुसार ८ः११ बजे बिहान लुजिङको हेफेइमा भएको हो । यस दुर्घटनामा पनि ६ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार