• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

महासचिव गुटर्रेस भन्छन् ‘लिबियाली जनतालाई पुनः मिलाउन राजनीतिक प्रकृया आवश्यक’

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गरेका छन्।

 

महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने बताए ।

 

उनले लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र संघको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु रहेको बताए ।

 

अफ्रिकन यूनियनको ३२ औं शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेतालाई अदिस अबाबामा सम्बोधन गर्दै उनले लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गरेका हुन् ।

 

अहिलेको समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो भन्दै उनले यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्न आह्वान गरे । (एजेन्सी)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार