• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

प्रिमियर लिगमा चेल्सीको लजास्पद हार

काठमाडौं । इंगलिस प्रिमियर लिगमा चेल्सीले  सन् १९९१ यता सबैभन्दा खराब नतिजा निकालेको छ। गएराती सम्पन्न भएको खेलमा चेल्सी म्यानसिटीसँग ६–० गोल अन्तरले पराजित भएको हो ।

 

घरेलु मैदान इथिहाड रंगशालामा सर्जियो एग्युरो प्रेरित सिटीले चेल्सीलाई लज्जास्पद हार चखायो । एग्युरोले प्रिमियर लिगमा ११ ह्याट्रिकको कीर्तिमान बराबरी गर्दा रहिम स्टिर्लिंगले २ र गुण्डोगानले १ गोल गरे ।

 

जितपछि सिटीको २७ खेलबाट ६५  अंक भएको छ र उसले शीर्ष स्थानमा पुनरागमन गरेको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान अंक छ । गोलअन्तरमा लिभरपुल सिटीभन्दा पछि छ ।  

 

यो हार चेल्सीका लागि भने महंगो परेको छ । उसले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँचौं स्थानमा रहेको चेल्सीको २६ खेलबाट ५० अंक छ । समान खेलबाट चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ र छैटौं स्थानमा रहेको आर्सनलको ५० अंक नै छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार