• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

वीरगञ्जको वीपी उद्यानको विवादबारे कांग्रेसको आपत्ति

काठमाडौं ।  नेपाली कांग्रेसले वीरगञ्जमा भएको वीपी स्मृति उद्यानको विषयमा १० बुँदामा आपत्ति जनाएको छ । कांग्रेसले वीरगंजमा पार्टीका संस्थापक वीपी कोइरालाका नाममा वीपी उद्यान निर्माण गर्ने विगतको योजना र निर्माण वदर गर्ने दुस्प्रयासका सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरेको हो ।  यस विषयमा कांग्रेसले केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको छ ।

 

कांग्रेस आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले सहिद उद्यान निर्माण गर्ने भनेर शिलन्यास गरेको जमीनमा बीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने प्रमाणसमेत सार्वजनिक गरेको छ । 

 

प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको जग्गाधनी दर्ता प्रमाण पूर्जामा ‘श्री ५ को सरकार ९म.प.० को मिति २०६० कात्तिक २७ को निर्णय अनुसार विरगञ्ज उपमहानगरपालिकाले बेचबिखन, हक हस्तान्तरण गर्न नपाउने । वीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाइने’ स्पष्ट रुपमा उल्लेख गरिएको छ ।  यसअघि सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई प्रदेश सरकार मातहत प्रयास गरेको उदाहरण दिँदै शर्माले अहिले फेरि बीपी कोइरालाको नाममा वीरगन्जमा शिलान्यास गरिएको उद्यानलाई प्रदेश सरकारले अर्कै नाममा निर्माण गर्ने भन्दै पुनः शिलान्यास गरेको प्रति आपत्ति जनाए । 

 

प्रवक्ता शर्माले विरगञ्ज उपमहानगरपालिकाको नाममा रहेको जग्गाधनी दर्ता प्रमाण पूर्जाको फोटोकपी सार्वजनिक गर्दै उक्त जमीनमा बीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने प्रमाण पेस गरेका हुन् । 

 

कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएको छ कि, 'गत माघ २४ गते केन्द्रीय समितिले गरेको निर्णय वीपी कोइरालाका नाममा वीरगंजमा गर्ने निश्चित भएको वीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रम प्रति यो बैठक गम्भीर आपत्ती प्रकट गर्दछ । पूर्व निर्णयलाई तत्कालै यथास्थितिमै कायम राख्न र यथाशिघ्र वीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस माग गर्दछ ' । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार