• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

भाइरल हुदै सुमन ढकालको “के यस्तो हुन लेखेको”

 

काठमाडौंं । नेपाली लोकगितको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गितले कृतिमानी बाटो तय गर्न लागेको छ । युटुव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गितको सूचीमा पर्न लागेको हो नयाँ लोकगित “के यस्तो हुन लेखेको” ।


कृतिमानी गित सालको पात टपरी हुने बोलको गितको चर्चा सेलाउन नपाउदै उनै चर्चित गायीका विष्णु माझीको स्वर रहेको हो । माझीलाई स्वरमा साथ दिएका छन् अर्का चर्चित गायक मोहन खड्काले । 


विल्कुलै नयाँ विषयबस्तुमा आधारित यस गितमा लोकप्रिय मोडल विमल अधिकारी, साया भण्डारी, सुमन ढकाललगायतले जिवन्त अभियान गरेका छन् । 


 भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा सुमन ढकालले भावना म्युजिक सोलुशन माफ्त यो गित बजारमा ल्याएका हुन् । 

 

मोडल बिमल अधिकारीको शब्द रचना रहेको उक्त गीतलाई अधिकारीको यसअघिको चर्चित गित सुन सवैले सुनको भाग दुईको रुपमा प्रस्तुत गरिएको छ ।


 गितमा खेम सेन्चुरीको लय र कपिल लामाको निर्देशन गरेको छ  भने राजेश घिमिरेले छायांकन तथा अमर शाक्यले सम्पादन गरेका हुन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार