• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

रियल ला लिगाको दोस्रो स्थानमा उक्लन सफल 

काठमाडौं। गएराती भएको खेलमा रियल मड्रिड विजयी भएको छ । यो जीतसँगै रियल स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । 

 

रियलले एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । एट्लेटिकोको मैदानमा भएको खेलमा रियललाई जित दिलाउन कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक–एक गोल गरे । एट्लेटिकोका एन्टोनियो ग्रिजम्यानले एक गोल फर्काए ।

 

जितसँगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई एक अंकले पछिपार्दै दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको ४४ अंक छ । रियल लिग लिडर बार्सिलोना भन्दा ५ अंकले पछि छ । बार्सिलोनाको ५० अंक छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार