• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

हिन्दुराष्ट्रको निर्णय जनमतसंग्रहबाट हुनुपर्छ : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस हिन्दू राष्ट्रका पक्षमा भएको बताएका छन्।

 

महेश संन्यास आश्रम देवघाटद्वारा आयोजित देवघाटधाम विराट ज्ञानमहायज्ञको ज्ञानसभामा बोल्दै कोइरालाले हिन्दुराष्ट्रको निर्णय जनमतसंग्रहद्वारा हुनुपर्ने पक्षमा कांग्रेस उभिने बताए।  

 

कार्यक्रमममा हरिद्वारस्थित पतञ्जलि योगपीठका पीठाधीश आचार्य श्री बालकृष्णले आफू नेपालको विकासमा हरेक तरिकाले सहयोग गर्न तत्पर रहेको बताएका थिए । उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुऱ्याउन आग्रह समेत गरे। 

 

ज्ञानसभाका अध्यक्ष, युवासन्त एवं महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आत्मानन्द गिरी, कृष्णानन्द सरस्वती, प्राध्यापक शिवगोपाल रिसाल, पूर्वगृहसचिव शरद भट्टराई लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार