• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

हिरो गोल्डकप महिला फुटबल : नेपाल म्यानमारसँग ३ –० ले पराजित

काठमाडौं । शनिबार भएको  हिरो कपको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० पराजित भएको छ ।

 

नेपालले ओलम्पिक छनोटमा त्यहि टोलीसँग १–१ को बराबरी खेलेको थियो । भारतको उडिसास्थित कालिंगा रंगशालामा भएको खेलमा नेपाल म्यानमारविरुद्ध ३–० ले पराजित भएको हो ।  पहिलो हाफमा १–० ले नेपाल दोस्रो हाफमा दुई गोलको भएको थियो ।

 

म्यानमारलाई जित दिलाउन किन मो वाइले २ र विन थिङ्ग्री टुनले १ गोल गरेकी थिइन । किनले ४४ औं मिनेटमा पहिलो गोल गरिन् भने विनले ५४ औं मिनेटमा र किनले अर्को गोल ७७ औं मिनेटमा गरेकी थिइन् ।

 

नेपालको महिला टोली फिफा वरियता १ सय आठौं स्थानमा छ । म्यानमार भने फिफा वरियतामा ४४ औं स्थानमा छ ।

 

नेपाल सहित आयोजक भारत, म्यानमार र इरानले हिरो कपमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले दोस्रो खेल सोमबार भारतबिरुद्ध खेल्नेछ ।

 

 

तस्वीर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार