• मंगलबार ११-७-२०७५/Tuesday 02-19-2019
रंगमञ्च

‘त्यो समय गाउँका खाटहरु जम्मा गरेर नाटक गरिन्थ्यो’

बर्बरिक 
यो एउटा महाभारतको पात्रको नाम हो । तर नाटकमा बर्बरिक भनेको  स्व.नेता मदन भण्डारीको अर्को नाम हो ।
 

 

रगंमञ्चमा प्रवेश 
म यो क्षेत्रमा लागेको आज तीन दशक भन्दा बढि भयो । 
 

 

रंगमञ्चमा झुकाव
मेरो रंगमञ्च प्रतिको भुकाव र अहिलेसम्मको मेहिनतले नै यसमा टिकाएको छ । अनेकनपनि बाधा अडचन आउँदा पनि म यसबाट टाडा हुन सकिन । म यसैमा रमाउन सके र रमाइरहेको छु । फेरी यो क्षेत्रलाई सबैले समाजको एउटा अभिन्न अंगको रुपमा स्वीकार गर्ने सकेको पनि त छैन । पछिल्लो समय यो पनि एउटा पेशा हो भन्ने आधारहरु देखिएका छन । म यसमा आशका किरणहरु देख्छु । हामीले जुन कर्म गरिरहेका छौं त्यो काम यो समाजका लागि आवश्यक छ भन्ने बुझाईले नै यसमा टिक्न सकिएको हो जस्तो मलाई लाग्छ । 


 

केन्द्र र स्थानीय स्तरमा काम गर्दाको फरक 
जनसंख्याको हिसाबले काठमाडौं उपत्यका बृहत छ । यो बिभिन्न पेशा क्षेत्र र भाषाका मानिसहरुको जंमघट हुने ठाउँ हो । काठमाडौंमा प्रयाप्त अवसरहरु छन् । जुन रुपमा स्थानीय स्तरमा हामीले काम गरिहेका छौं त्यहाँ सिमीत संख्याले मात्रै नाटकका बारेमा बुझेका छन् । कतिपय ठाउँमा हामीले पनि सबैलाई बुझाउन सकेनौं होला र सकेका पनि छैनौं । 
 

 

साहित्य अभिनय र निर्देशन 
यमा म बिशेष गरेर कविता रचनामा रमाउने मान्छे हुँ । यसका साथै म अभिनय नाटक लेखन र निर्देशन पनि गर्छु । मलाई म नाटक निर्देशनमा निपुर्ण छैन । हालसम्म मैले ४० बढी नाटक लेखिसकेको छु । मैले लेखेका अधिकांश नाटकमा मैले नै अभिनय गरेको छु । यती हुँदा पनि मैले नाटकमा पुर्णता पाइसकेको छु जस्तो लाग्दैन । 
 

 

झोराहाट नाटकघरको सुरुवात
वि.स २०१६ साल देखी नै  झोराहाटमा नाटकहरु मञ्चन हुन थालेका थिए । हाम्रा अग्रजहरुले नाटकका माध्यमबाट झोराहाटलाई चिनाउनु भयो । उहाँहरुले निर्माण गर्नुभएका नाटक हेर्दा हेर्दै म पनि यसमा जोडिन पुगे ।

नाटक देखाउने मञ्च थिएन, त्यसैले गाउँमा भएका घरघरका खाटहरु संकलन गरिन्थ्यो । यसरी संकलन गरेको खाटहरु एकै ठाउँमा जम्मा पारेर हामी त्यसलाई मञ्च बनाउँथ्यौं । हामी तन्नाहरु पनि ल्याउँथ्यौं अनि पर्दा बनाउँथ्यौं । बिजुली थिएन,लालटीन बालेर नाटक सुरु गरिन्थ्यो । सानो माइकले नाटकका संवादहरुलाई बस्तीसम्म सुनाउथ्यौं । कहिलेकाही नाटकका पात्रले गरेको संवाद प्रष्ट सुन्न सकिदैंन्थ्यो तैपनि दर्शकहरु रमाइलो मानेर नाटकमा रमाउँथे ।

अहिले समय फेरिएको छ । प्रविधिले मान्छेलाई घरबाट ननिस्कने बनाइदिएको छ । टेलिभिजन, इन्टरनेटले गर्दा विगतका समयमा जस्तो चौतारोमा नाटक हेर्न जाने संख्या अहिले खासै छैन । मनोरञ्जनका साधनहरु प्रयाप्त भए जसले गर्दा नाटक हेर्नको संख्या विगतको तुलनामा कम भएको जस्तो लाग्छ ।
 

 

अभिनय गरेको मन छुने नाटक
मैले धेरै नाटक लेखे र अभिनय पनि गरे । मलाई आफैले अभिनय गरेको नाटकहरुमा ‘पर्खाल’ मेरो मन परेको नाटक हो । जुन नाटक बिर्तामोड, विराटनगर, झोराहट हुदैं काठमाडौंमा पनि हामीले मञ्चन ग¥यौ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार