• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

एलर्जीको कारण बलिउड गायक सोनु निगम आइसियुमा 

मुम्बई । बलिउड गायक सोनु निगम आजकल धेरै नै बिरामी छन् । सोनुलाई एउटा एलर्जी भएको छ जसको कारणले उनको आँखा पुरै सुनिएको छ भने उक्त एलर्जीले उनलाई आइसियुमा नै पुर्‍यायो । 

 

भारतीय संचार माध्यमको अनुसार हालै सोनुले एमटिवी अनप्लग सिजन ८ को सुटिङमा बीकेसीबाट केही खानेकुरा खाएका थिए । त्यो खाएपछि  उनलाई एलर्जी सुरु हुन थाल्यो । उनको शरिरमा बिभिन्न किसिमका दागहरु देखिन थाले । यसपछि उनलाई आफनो जीउ एकदमै चिलाउन र गाह्रो भएको महशुस हुन थाल्यो । उनले केही औषधिहरु पनि प्रयोग गरे तर त्यसले  उनलाई खासै असर गरेन  । 

 

यसपछि उनी मुम्बई को नानावती अस्पताल पुगे र त्यहाँ उनलाई डाक्टरले तुरुन्त आइसियुमा भर्ना हुन सल्लाह दिए । 

 

 

सोनु निगमले आफनो इन्स्टाग्राममा केही तस्वीरहरु सेयर गरेका छन् र सीफुड खानाले मेरो यस्तो हालत भएको हो भनेर लेखेका पनि छन् । यदी म समयमा नै अस्पताल नगएको भए जे पनि हुन सक्थ्यो ।

 

अहिले गायक सोनु निगम ठिक भएर आफनो घर आइसकेका छन् ।  वेभ दुनियाँ

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार