पूर्व उपप्रधानमन्त्री अधिकारीलाई मेडिसिटीबाट ह्याम्स सारियो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ ।
श्वासप्रश्वास लगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए ।
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस