• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सिद्धार्थ बिजनेश ग्रुप २१ बर्षमा प्रवेश, बिरामी र अनाथलाई सहयोग 

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप  २१ बर्षमा प्रवेश गरेको छ । ब्यवसाय सुरु गरेको २१ बर्ष पुरा भएको अवसरमा ग्रुपले देशैभर रहेका २२ वटा शाखाहरुले आफ्ना पाहुनाहरुलाई केक खुबाएर स्वागत गरेको छ । 

 

वार्षिक उत्सवका अवसरमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री वितरण सरसफाईका साथै पार्क हस्तान्तरण लगायतका कार्यक्रमहरु गर्न लागिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

 

कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट सानो ब्यवसाय सुरु गरेको सिद्धार्थले अहिले कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार र काठमाडौंमा रेष्टुरेन्ट, होटल, रिर्सट, ट्रेड, क्याफे, इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २२ वटा शाखाहरु बनाइसकेको छ ।

 

सिद्धार्थ गु्रपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भविष्य मै होटलहरु संचालन गर्ने तयारी गरिरहेको छ ।

 

२१ औं बार्षिक उत्सवको अबसरमा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुहरुले ग्रुपले बार्षिक उत्सकका दिन माघ २३ गते सबै शाखाहरुमा फुड र बेभरेजमा १५ प्रतिशत छुट दिने ग्रुपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार