• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र प्रा.ली ले दिने भयो एनसीसी बैंकका कर्मचारीलाई उपचारमा बिशेष छुट

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लिमिटेड र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र प्रा.ली (हरिसिद्धि,ललितपुर)  बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । 

 

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । 

 

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट  कार्यकारी अध्यक्ष श्री सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ् सेवा प्रदान गरिरहेको छ ।

 

बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार