• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

भेनेजुयलाका विषयमा म कहिंकतै चिप्लिएको छैन : प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले भेनेजुएला प्रकरणमा  अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ शब्द भनेको  चौबीस घण्टा नबित्दै नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफू कतै पनि नचिप्लिएको स्पष्ट पारेका छन्।

 

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रचण्डले, भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताए। उनले वक्तव्यमा यो सत्ता सम्हालेको पार्टीले प्रयोग गर्ने भाषा नभएको र आफू आउनुभन्दा अघि नै हतारमा वक्तव्य जारी भएको समेत बताएका थिए ।

 

‘हिजो प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी भन्नुभयो मलाई केही जानकारी छैन फेरी  प्रमले त्यसो भन्नुभयो जस्तो पनि लाग्दैन,’ । प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतसंग गरेको कुराकानीको प्रसंगमा दाहालले भने,किनभने त्यो वक्तव्य राजनीतिक वक्तव्य थियो। एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरबाट कुनै हस्तक्षेप नहोस् भनेर दिइएको बताए। दाहालले नेपालको शान्ति प्रक्रियाका मामिलामा पश्चिमा राष्ट्रहरूको संयुक्त वक्तव्य नेपाल मामिलामा हस्तक्षेपको रूपमा लिएको उल्लेख गरे।

 

दाहालले सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको बताए । उनले भने, “सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।” पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महीनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताए । 

 

आज कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने उनको भनाइ छ । फागुन र चैत महीनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने उनले बताए । 
आफ्नो क्षेत्रमा धेरै काम भएको भन्ने प्रश्नमा उनले सबै योजना अहिलेको नभएर पूर्ववर्ती सरकारको पालाको भएको प्रस्ट पारे । 

 

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने माडीवासीको समस्याको विषयमा प्रधानमन्त्रीसमेत सकारात्मक हुनु भएको भन्दै उनले माडीको विकास, जनताको सुरक्षा र निकुञ्जको विषयमा ठोस कदम चाल्न लागिएको बताए

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार