• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

फोजदारी मुद्धा लगाउनु गम्भीर बिषय : नेपाली कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसले कुनै घटनालाई मात्र आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ।

 

आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको  बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका  दुःखद घटनालाई आधार मानेर हालै पोखरामा नेबिसंघका नेताहरुलाई फौजदारी मुद्दा लगाइएको र  पक्राउ गरिएका विद्यार्थीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको हो

 

बैठकले माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा लाखौँको जनसहभागिता भएको हुनाले उनीहरु प्रति आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिएको छ। 

 

सरकारका गलत क्रियाकलापविरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढङ्गले गरिनुपर्छ भन्ने प्रस्ट मान्यता रहेको जनाउँदै माघ २१ गतेको प्रदर्शन सकिएपश्चात् धनुषामा पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

 

अहिले हाल उहाँको उपचार विराटनगरमा भइरहेको उल्लेख गर्दै मुख्य सचिव पौडेलले तत्काल जाहेरी दर्ता गरी दोषीमाथि कारवाही गर्न बैठकले सरकारसमक्ष माग गरेको जानकारी दिए।

 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए। भोलि फेरी केन्द्रीय कार्यसमितिको बैठक  बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार