• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

प्रकाण्ड पुत्र पक्राउको कारण देशभरका निजी विद्यालय प्रभावित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा तथा कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा सो पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मुलुकभरका शैक्षिक संस्था बन्द गरेको छन्।

 

अखिल क्रान्तिकारीको बन्दबाट राजधानीसहित मुलुकभरका शैक्षिक संस्था प्रभावित भएका छन्।

 

माघ १६ गते हतियार सहित विश्वकर्मालाई विराटनगरबाट पक्राउ गरेको थियो। 

 

यस अघि बम विस्फोट सहितका विभिन्न मुद्धा सहित प्रवक्ता विश्वकर्मालाई पक्राउ गरेको विरोधमा सोही दलले गत असोज ७ गते काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार