मौसमबिज्ञ भन्छन्, केही दिन चनाखो बनौं
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन मौसम बदली हुने हुँदा चनाखो भएर मौसम सम्बन्धी जानकारी र पूर्वानुमान बारे सजग रहन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार बुधबार देशका पश्चिमी भू–भागमा पूर्ण बदली हुने छ । त्यस्तै मध्य भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
२४ गते बिहीवार दिउँसो देशभर सामान्य देखी पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्का देखी मध्यम बर्षा हुन सक्ने जनाएको छ । यस्तै पश्चिमि तथा मध्य भु भागको केही स्थानमा भने भारी बर्षा हुन सक्ने अनुमान छ ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हिमपातको संम्भावना रहेको महाशाखाले जनाएको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपात पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस