• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘सुपारी चांम्रो’ पछि ‘बुट्टे रुमाल’ले युट्यूबमा तहल्का पिट्यो (भिडियो सहित)

काठमाडौं । चर्चित लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएको ‘बुट्टे रुमाल’ छोटो समयमा युट्यूबमा चर्चित बनेको छ । 

 

गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द संगीतमा तयार भएको ‘बुट्टे रुमाल’ शुक्रबार मात्र म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको हो । 

 

लोकलय र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको डान्सले थप चर्चा बटुलेको छ । नायिका प्रियंका कार्की र गम्भीर विष्टले गीतमा दमदार प्रस्तुती दिएका छन् ।

 

‘सुपारी चाम्रो–२’का रुपमा ल्याइएको गीतमा रुमाल चिनो साटासाट गर्ने पुरानो चलनलाई उजागर गर्न खोजिएको छ । यो समाचार तयार पार्दासम्म गीतमा ३ लाख ४२ हजार बढी हेरिएको छ । 

 

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन । भण्डारीकै लेखन तथा संगीतमा रहेको ‘सुपारी चाम्रो’ बोलको गीतकै नामबाट अहिले सार्वजनिक भएको गीतलाई चिनाउने प्रयास गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार