• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

पर्वतको वारीवेनीमा एनआईसी एशिया बैंकको शाखा

 

काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिका ३ वारिवेनीमा शाखा विस्तार गरेको छ । 

 

सोमबार एक समारोहका बीच उक्त शाखाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गरेका थिए ।

 

 मल्लले  दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको कार्यलाई प्रशंसा समेत गरे । 

 

गत बैशाख १९ गतेबाट नै बैंकले कारोबार सुरु गरेको थियो । बैंकका १४ लाख ५० हजार बढी ग्राहकहरु रहेको क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार