• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

नेपाल टेलिकमद्वारा फोरजी सेवा विस्तार गर्ने तयारी 

काठमाडौं ।  नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि दुई चिनियाँ कम्पनीसँग आइतबार सम्झौता गरेको छ । टेलिकमले फोरजी सेवा विस्तारका लागि कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ¥यानका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो ।


संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधीनमा रही सो सम्झौता गरिएको नेपाल टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराएकी छन् । यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।


सो कम्पनीसँग एक वर्षभित्र नेपालभर फोरजी विस्तार गर्ने गरी सम्झौता भएको हो । यसका लागि कम्पनीहरूले आफ्नो क्षमता विस्तार गर्नुका साथै टेलिकमले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम समयमा गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार