• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

एनसीसी बैंक र ब्लु क्रस अस्पतालविच सम्झौता, बैकका कर्मचारीलाई उपचारमा बिशेष छुट

काठमाण्डौं  । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

 

आज एक कार्यक्रमविच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो संगै अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले ब्लु क्रस अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् ।

 

बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

 

बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार