• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

'टाईको गाठो' उत्कृष्ट नाटक

काठमाडौं । शैली थिएटरले आयोजना गरेको ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’ सम्पन्न भएको छ।  माघ ८ गतेबाट राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा विभिन्न विद्यालयका बालबालिकाहरू सहभागी गराई महोत्सव आयोजना गरिएको थियो। १९ सामुदायिक तथा निजी विद्यालयले २० नाटक महोत्सवमा मञ्चन गरिएको थियो ।

 

महोत्सवमा शैली थिएटर उत्कृष्ट अभिनेता पुरस्कार होली एन्जल्स स्कुलको प्रस्तुतिमा मन्चन भएको 'ठुलो मान्छे' का लागि संदेश गिरी र स्व. रेश्मी प्र. सापकोटा उत्कृष्ट अभिनेता पुरस्कार भक्तपुर निस्ट स्कुलको प्रस्तुतिमा मन्चन भएको 'मेनुका' का लागि दिया खड्काले प्राप्त गरिन । दुवैजनाले दश हजार, प्रमाणपत्र र शिल्ड पुरस्कार स्वरूप प्राप्त गर्नु भयो ।  सुमन कुइँकेल बरालले क्रियटिभ स्कुलको नाटक 'डम्बरी' का लागि स्व. चित्र ब. बुढाथोकी उत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गर्नु भयो । काठमाडौं विनायक स्कुलको प्रस्तुति रहेको 'टाईको गाठो' ले एन्टोन चेकोभ उत्कृष्ट नाटक पुरस्कार जितेको छ । यो दुवै पुरस्कारको रासी सात सात हजार, सिल्ड र प्रमाणपत्र  रहेको छ ।  उत्सब सिग्देलले रिडर्स इन्टरनेसनल मोडेल स्कुलको 'बलेको सपना' को लागि बाल कोसेली प्रोत्साहन पुरस्कार र  भावना मगरले स्व. रामकसर बोगटी पब्लिक च्वाइस पुरस्कार प्राप्त गरे   । सिग्देल र मगर दुबैले पाच पाच हजार, प्रमाणपत्र र शिल्ड प्राप्त गरे ।

 

बाल साहित्यकार एवं समापन समारोहका प्रमुख अतिथि, शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकी, ईसान अध्यक्ष बाल मुकुन्द कार्की,  कलाकार रमेश बुढाथोकी, सानू ताम्राकार, पदम सापकोटा, तारा केसी, निर्णायकहरु पुरु लम्साल, स्मृती ढुंगाना, र सरोज अर्यालले बिजेतालाई पुरस्कार र सहभागिलाइ प्रमाणपत्र प्रदान गरे ।

 

नाटकमा सहभागी सबै विद्यालयहरूलाई शैलीले मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रममा कलाकार रमेश बुढाथोकीले नाटक क्षेत्रबाट बालबालिकाले समाजका कुरितीलाई देखाउन सक्ने भएकोले सरकारले यस क्षेत्रमा ध्यान दिनु पर्ने बताए। निर्णायक साहित्यकार पुरु लम्सालले नाटक महोत्सव गैर संस्थाहरूले भन्दा पनि सरकारले आयोजना गर्नुपर्ने बताए।

 

निर्णायक टोलीका सरोज अर्यालले उत्कृष्ट नाटक प्रदर्शन गरिएको आधारमा कलाकारहरू छानिएको ‘सबै नाटकहरू राम्रा थिए। हामीले उत्कृष्ट नाटकबाट कलाकारलाई छनोट गरेका छौं,’ उनले भने, ‘समाजमा हुने गरेका घट्ना र समाजले देखाएको कुरा नाटकमा देख्न पायौं। नाटक राम्रो बनाउनको लागि अबको दिनमा निर्देशकले बालबालिकाहरूले भोगेका व्यक्तिगत पीडालाई लिनुपर्छ।’  शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बालबालिकालाई कला र रंगमञ्चमा रमाउने वातावरण तयार पार्न महोत्सव गरिएको बताए। ‘यसपटक बालबालिकाको मनोविज्ञानमा आधारित लोककथाहरू प्रदर्शन गरिएका थिए। अघिल्लो वर्षमा २० नाटक प्रर्दशन गर्ने भनेका थियौं। यस वर्ष त्यो प्रतिबद्धता पुरा गरेका छौं’, बुढाथोकीले भने, ‘राष्ट्रिय बाल नाटक महोत्सवलाई बिस्तारै अन्तर्रा्ष्ट्रिय रूपमा लैजाने तयारीमा छौ ।’

 

महोत्सवमा ‘उत्कृष्ट कलाकार’ भएका सन्देशले नाटकबाट आफ्नो कलालाई तिर्खान सकिने भएकोले नाटक क्षेत्रमा लागेकोे बताए। ‘आज उत्कृष्ट कलाकारमा छनोट हुँदा धेरै खुशी लागेको छ। मलाई नाटकमा खेल्न धेरै मन पर्छ,’ उनले भने, ‘मैले यो भन्दा पहिले पनि नाटक प्रदर्शन गरेको छु । पढाई सँगै नाटक क्षेत्रमा लागेर समाजमा घटेको घट्नालाई नाटक मार्फत दर्शकलाई देखाउने छु ।’ काठमाडौं महानगरपालिका वडा ९ का सदस्य श्रीराम राईले नाटकबाट बालबालिकालाई धेरै फाईदा र्पुयाउने भएकोले यस क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्ने बताए ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार