• मंगलबार ११-७-२०७५/Tuesday 02-19-2019
जीवनको प्रेरणा

पिंकीको फरक लैङ्गीक पहिचानको लडाई

हुर्कदैं गर्दाका अवस्था र अनुभूति

२०३५ सालमा लम्जुङमा मेरो जन्म भएको हो ।  म जन्मेको एक बर्ष हुदैं थियो । एकबर्षको अन्तरालमा मेरा दुई दाजुहरु बित्नु भयो । बुवा नेपाल आर्मीमा प्रवेश गर्नुभएको थियो । बुबालाई दुई छोराहहरु गुमाउनु पर्दाको चोट थियो । हामी सानैछँदा बुवाले हजुरबुबा हजुरआमासँग लम्जुङ्ग नबस्ने निर्णय सुनाउनु भएछ । छोराहरु अकालमा मरे पछि बुबाले त्यस्तो निर्णय गर्नु परेको कुरा पछि सम्म पनि हजुर–आमाले सुनाउनु हुन्थ्यो ।

 

आफू जन्मे हुर्केको ठाउँ तर मनमा डर थियो । फेरी केही नराम्रो हुने हो कि भन्ने । त्यहि घटनाले बुबा काठमाडौं आउने निर्णयमा पुग्नु भयो । मेरो अध्ययन काठमाडौंमा सुरु भयो । अन्य साथीहरुको तुलनामा हामीहरु फरक हुन्छौं त्यसैले पनि उनीहरुले हामीलाई बहिस्कार गर्छन । शौचालय प्रयोग देखी लिएर अन्य कुराहरुमा सधै बिभेदको सिकारमा पर्नुपथ्यो । हाम्रो हाउभाउ, हाम्रो प्रस्तुतीकै कारण हामीहरु हिंसा खेप्न बाध्य हुन्थ्यौ । माध्यमिक तहसम्म पुग्दैं गर्दा मेरो प्रस्तुतीका कारण कतिपय अबस्थामा मैले गालि पनि खानु परेको छ । जव उमेर बढ्दै गयो म अरु भन्दा फरक पो रहेछु भन्ने भावहरु आउन थाल्यो । म मात्र होइन म जस्ता धेरै साथीले फरक हाउभाउ कै कारण समाजबाट तिरस्कृत हुनु परेको छ । म किन यस्तो भए ? किन सबैले मलाई राम्रो ब्यवहार गर्दैन्न भन्ने कुराले पिडा बोध हुन्थ्यो । मैले माध्यमिक तहसम्मको अध्ययन सिद्धी गणेश स्कुलबाट गरे । संगीतमा विशेष झुकाव थियो । रत्नराज्य क्याम्पसमा संगीत विषय लिएर अध्ययन गर्थे ।
 

 

कलेज पढ्दै गर्दा आफू जस्तै साथीसँगको भेटले हिम्मत जुटाउने प्रयास


दिपक जंगम सरले संगीत सिकाउनु हुन्थ्यो । कलेज आउदा जादा  कहिलेकाही रत्नपार्क जान्थ्यौं । म भित्र पनि कहिले काही फरक भावनाहरु आउथे । रत्नपार्क आउने जाने क्रम बढ्न थाल्यो । तेस्रो लिङ्गी, समलिङ्गी साथीहरु संगको भेट हुने क्रम बढ्दै थियो । म को हुँ ? म मा किन फरक अनुभूतिहरुको संचार भइरहेको छ भन्ने पहिचानको बोध नै हुन सकिरहेको थिएन । म मात्र होइन रहेछु म जस्ता धेरैं साथीहरु रहेछन । मलाई मात्र होइन यो समाजले म जस्ता अन्य धेरै साथीहरुलाई पनि बिभेदको नजर लगाउँदो रहेछ  भन्ने बोध हुन थाल्यो । अधिकार र अभियान भन्ने कुरा शून्य जस्तै थियो । राज्यले यस विषयमा संबोधन गरेको थिएन । फरक पहिचान भएको ब्यक्तिहरु पनि छन है यो समाजमा भन्ने कसैलाई पनि खासै चासो थिएन । बाल्यकालमा त यो कुरा हामीलाई थाहा हुने कुरै भएन । म जस्ता धेरैं साथीहरु आफ्ना समस्या र भोगाई आफै भित्र दवाएर बसनुपर्ने अवस्था थियो ।

 

विभेद र अपहेलनाको जातोमा पिसिनु पर्ने अवस्था


म आफ्नो पहिचानलाई लिएर दर्जनौं प्रशनहरुले घेरिन्थे तर घण्टौं महिनौसम्म पनि ती प्रश्नहरुको उत्तर भेटिदैंन्थ्यो । संचार माध्यहरु थिए तर मेरो फरक पहिचान र अनुभूतिका बारेमा एक शब्द पनि कतै नभेट्दा झनै पिडा हुन्थ्यो । म केटा हुँ तर मलाई उनीहरु नै किन मन पर्छ ? यो सबै किन मलाई हुन्छ भन्ने भावहरु मनमा आइरहन्थ्यो । जब ९ कक्षामा पढ्दै थिए । सबै साथीहरु आफ्ना कुराहरु एक अर्को संग बाड्थे । म जस्तै अर्को साथी भए पनि म मेरो कुराहरु सुनाउन पाउँथे भन्ने मनमा खड्किन्थ्यो । त्यतिबेलाको समयमा मैले मेरो अनुभूतिहरु सुनाउने कोही पनि नभेटदा नितान्त एक्लो महशुस गरे । आफ्नो मन भित्रका प्रशनहरु सबै उनुत्तरीत थिए । म एक्लो थिए । 

 

मानिसले मानिसलाई नै पशुको व्यवहार गर्दा मानसिक आघात हुने रहेछ । यस्तै विभेदले मनमा नराम्रा भावको जन्म पनि हुन्थ्यो तर विस्तारै आफ्नो मनलाई संहाल्दैं संघर्ष गर्नु पर्छ भन्ने भाव र आशाको मसिनो घक्रोले जीवनलाई पुन सामान्य बन्न धक्धक्याउथ्यो । कयौं पटक जिवनबारे गलत निर्णय पनि लिन पुगे ।

 

जब एस.एल.सी पास गरे । मेरो विवाह फूपुको छोरीसंग गर्न भन्ने कुरा बच्चा हुँदै सुनेको थिए । जुन कुराले मलाई तनाव भयो । यो कुराबाट मैले कसरी मुक्ति पाउने भनेर गुम्बामा पनि गए । अबस्था बिग्रदैं गयो । बेला बेलामा बेहोस भए । यो सबै समस्याबाट कसरी मुक्ती पाउन सक्छु भन्ने प्रशनले धेरीए । विभिन्न ध्यान, योग साधनाहरु गर्न थाले । आध्यात्मीक ज्ञानले जिवन जिउन सहज भएको महशुस गर्दै गए ।

 

भारतिय चलचित्रहरुमा फरक लैङ्गीक पहिचानका पात्रलाई हाँसोका रुपमा चित्रर्ण गरेको दृश्यले हामीलाई दु.खी तुल्याउथ्यो । हामी जस्ता साथीहरु समुहमा भेला हुदाँ बटुवाले हामी माथी हासी मजाक गरेको कुराले झनै पिडा हुन्थ्यो ।
 

 

संगठित हुँदा चुनौती, जेल जानुपर्ने डर


२००१ साल पछि सुनिलबाबु पन्त संग मेरो भेट भयो । रत्नपार्क हाम्रो भेला हुने ठाउँ थियो । एक्लापनले दैनिकी जटील थियो ।  हाम्रो बोलिचाली र व्यवहारमा बाटुवाले अनेक लान्छनाहरु लगाउदा सुनेपनि नसुने झै गर्दै आफ्नो बाटो लाग्थ्यौं । फरक लैङ्गीक पहिचान भएका आफूजस्तै साथीहरु संग भेटघाट हुन थालेपछि मन हल्का हुन्थ्यो । एक दिन हाम्रो भेला थियो । सुनिल जीले त्यसको नेतृत्व गर्नु भयो । ‘अब हामी संगठीत भएर हाम्रो आवज बुलन्द बनाउनु पर्छ’ । उहाँको कुराले हाम्रो आत्मबल बढ्यो । सन २००१ मा सस्था सुरु भयो ब्लयु डाइमन्ड सोसाइटी । ‘समलिङ्गीको पक्षमा कानुन बन्न सकेको छैन अब यसका पक्षमा आमीले काम गर्न हो । जेल जानुपर्ने पनि हुन सक्छ तर हामी एक हुनपर्छ’ सुनिल जीको यहि भनाईले संगठीत हुने हिम्मत बटुलेर अघी बढेका थियौ. ।

 

टेलिभिजन कार्यक्रम ‘संघर्ष’ मा आफ्ना भोगाईहरु प्रस्तुत गर्न सुनील जी ले अनुरोध गर्नुभयो । सन् २००३ तिरको कुरा थियो । त्यो कार्यक्रममा जानु भन्दा पहिले पनि आफ्ना कुराहरु टेलिभिजनमा बोलेको थिए तर पूर्णरुपमा मेरो अनुहार देखाउन मन लागेन । समाजले मेरो पहिचानका बारे प्रशन गर्छ । मेरो घर परिवारमा कस्तो असर पर्ला भन्ने भय मनमा थियो । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘संघर्ष’ अन्तर्वाता दिए । अनुहार नचिनीने बनाइएको थियो । मनका कुरा लुकाएर राख्दा झनै पिडा हुन्छ अब सार्वजनिक हुनुपर्छ भन्ने हिम्मत मलाई समुहले नै दिएको हो । टेलिभिजनको कार्यक्रम हेरेपछि मेरो दिदीहरुले मेरो आवाजबाटै मलाई चिन्नु भयो । अब के गर्न घर परिवारमा के भन्ने डर थियो ? दिदीहरुले मेरो बारेमा थाहा पाउनु भयो । मैले धेरै कुरा बोल्नु उचित देखिन । म मेरो बाटो लागे ।

 

सन २००८ बाट भने मैल मेरो पहिचान लुकाउन आवश्यक देखिन । अब बोल्नु पर्छ । सत्य तथ्य उजागर गर्ने डराउनु हुदैंन भन्ने लाग्न थाल्यो । पुरुषको लुगा लगाउनु भनेको घरको लागि बर्तबन्धको बातावरण बनाउनु जस्तै थियो । जुन कुरा मेरो मनले चाहदैन्थ्यो । परिवारले त्यसमै दवाव दिइरहेको थियो । उमेर बढ्दै गरेको छोरोको बर्तबन्ध र विवाह गर्न दवाव चौतर्फी थियो । जुन कुरामा म खुसी हुन सकिन्न ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार