• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

जनकपुरमा फागुन १८ देखि अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

जनकपुर । जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मैथिली विकास कोषले जनकपुरमा कला, साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागेको हो। महोत्सव फागुन १८ गतेदेखि २३ गतेसम्म चल्नेछ ।  

 

महोत्सवमा नेपाल र भारतका मैथिली कला–साहित्यकारको उपस्थिति रहनेछन् भने  भारतबाट आउने नाट्य समूहले हिन्दी, भोजपुरी र मैथिली गरी तीनवटा नाटक महोत्सवमा मञ्चन गर्नेछन् । 

 

महोत्वसमा नेपाल तथा भारतका विद्वानहरुले कला, संस्कृति,भाषा,राजनीति लगायतका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा भाषाविद् डा. रामअवतार यादव, राजनीतिक विश्लेषक सीके लाल, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल लगायतका व्यक्तिहरुको सहभागिता रहने बताइएको छ।

 

यसैगरी महोत्सवमा नेपाल तथा भारतका कलाकारहरुले दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक मैथिली विकास कोषले जनाएको छ। मैथिली विकास कोषले यसअघि २०७३ सालमा पहिलो पटक कला साहित्य एवं नाटक महोत्सवको आयोजना गरेको थियो।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार