• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

सामाजिक सञ्जालहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर एकिकृत गरिदै

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना अघि सारेको छ ।

 

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले फेसवुकका अधिकारीहरुलाई उधृत गर्दै लेखे अनुसार यी तीनैवटा एप छुट्टाछुट्टै रहेपनि तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने बताइएको छ।

 

फेसवुकका अनुसार यो प्रकृया सुरु भएपश्चात् प्रयोगकर्ताहरुलाई फाइदा हुँने भएको छ । एक जना फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्ने अवस्थाको सृजना हुनेछ । 

 

यो परियोजना सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै लागू हुन सक्ने जनाइएको छ।  अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।

 

मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ। उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने छैन।

 

एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सकिने छ। यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ। यसबाट विज्ञापनको दायरा बढ्नेछ।

 

तर अझ महत्त्वपूर्ण कुरा चाहिँ यसले फेसबुकको एपहरूलाई एक अर्कोसँग अझ धेरै गाँसिएको बनाउने छ। यसले भविष्यमा सरकार वा नियामक निकायले आवश्यक ठानेपनि फेसबुकको साम्राज्यलाई टुक्र्याउन झन् कठिन बनाउने छ।

 

तीनवटै एपको मेसेजिङ सेवालाई एकीकृत गरेपछि मानिसहरूले ज्यादा समय त्यसमा बिताउने अपेक्षा गरेका छन्। तीनवटै एपका प्रयोगकर्ताहरू फेसबुक अन्तरगत रहने र प्रयोगकर्ताहरूको त्यो विशाल संख्याले गुगलको मेसेजिङ सेवा र एप्पलको आइमेसेजसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्ने बताइएको छ।

 

तीनवटै मेसेजिङ एपहरू एउटै प्रणालीभित्र ल्याउने प्रकृया सकिएपछि फेसबुकमा अहिलेभन्दा धेरै परिवर्तनहरू देखिनेछन्। बीबीसी बाट ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार