• सोमबार ५-३०-२०७६/Monday 09-16-2019
रंगमञ्च

अनिद्राको भुमिकाले म ‘बाथ–टब’ मा तानिए

बाथ–टब को तयारी 
अहिले मौसम पनि त्यस्तै छ । पानी परिरहेको छ र यता बाथ–टबको तयारी पनि जोडदारले चलिरहेको छ । तयारी राम्रो नै छ । कस्तो हुन्छ र दर्शकको प्रतिक्रिया कस्तो आउने हो भन्ने लागिरहेको छ । रमाईलो नै भइरहेको छ । 
 

 

पत्रकारिताबाट रंगमञ्च 
म पत्रकारिता नै गरिरहेकी थिए र त्यो संगसंगै एनजीओ मा जागिर पनि खाइरहेकी थिए । आज भन्दा दुईतीन महिना अघि आनन्द शुभमकोे एउटा प्रदर्शनी थियो त्यसमा हामीले एउटा ‘कन्टिन्युस इन्र्याक्टिभ प्ले’ भनेर उहाँले नाटक गर्नुभएको थियो । त्यसमा मैले आफैले कविता लेखेर एउटा सानो भुमिका गरेकी थिए । त्यो युवराज जी पनि हेर्न आउनुभएको रहेछ । म आफुलाई थिएटरको कलाकार भन्दिन र म हुँदा पनि होइन । युवराज जी ले त्यो नाटक हेर्नुभएपछि उहाँलाई मैले नाटकमा अभिनय गरिदिए पनि हुन्छ भन्ने लागेछ । 

 

त्यहि समय लेखक कुमार नगरकोटीले बाथ–टब पनि लेख्दै हुनुुहँदोरहेछ । यो संयोग नै भनौ या अरु नै केही । त्यो बाथ–टबमा अनिद्रा भन्ने एउटा भुमिका रहेछ जुन मलाई गर्न भनेर युवराज जी ले भन्नुभयो । उहाँहरुलाई एउटा सुन्दर केटी जो बुद्धि बिवेकले एकदमै अघि छिन । जो एकदमै दार्शनिक र धेरै स्वतन्त्रता खोज्छिन् । बाथ–टबको भुमिकाको लागि उहाँहरुले म भित्र त्यो गुण देख्नुभएछ र युवराज जी ले मलाई यो भुमिका मलाई अफर गर्नुभयो । मैले धेरै पटक सक्दिन भने तर पछि स्क्रिप्ट पढ्दा मलाई यस्तो लाग्यो कि त्यो अनिद्रा नै होइन त्यो त म नै हुँ । त्यसपछि मैले हुन्छ कोशिस गरौं भने । फेरी पछि अन्य कलाकारहरुको नाम सुन्दा त मलाई डर नै लाग्यो । हरिहर शर्मा र नीर शाहसँग अभिनय गर्नु भनेको सानो कुरा थिएन । 


 

नाटक अभिनय गर्दाको क्षण 
म लेखिका हुँ । यसमा पनि कलालाई अभिव्यक्त गर्ने एउटा–एउटा माध्यम हुन्छ । यो नाटक भनेको चाहि कस्तो हुँदोरहेछ भने तपाईको सिर्जनाका बिभिन्न आयामहरुलाई एकै–ठाउँबाट एकैचोटि निकाल्न सकिँदोरहेछ । यसमा गीत पनि गाउँनुपर्छ । शरीरको हाउँभाउ, डायलग सबैकुराहरुले आफना भाव व्यक्त गर्नुपर्छ । यो एकदमै क्रियटिभ प्रक्रिया रहेछ । मैले यसमा सोचेभन्दा बढि नै रमाइलो गरे । 

 

अभिनयको डर 
नाटकमा अभिनय गर्नु भनेको गाह्रो कुरा हो । पहिलोपटक त झन डर नलाग्ने कुरै भएन । मलाई शुरमा डर पनि लाग्यो । फेरी मैले नीर शाह र हरिहर शर्मालाई त्यति नजिकबाट चिनेकी पनि थिइन । उहाँहरुको बारेमा मलाई त्यति धेरै कुराहरु थाहा पनि थिएन । म रिहर्सलमा जसरी आम–मानिस बोल्ने गर्थे त्यसरी नै उहाँहरुसँग पनि बोल्थे । यो देखेर मलाई मेरो निर्देशकले भुषिता तिमी त्यति धेरै फ्रेन्डली नहोउ भनेर बारम्बार भन्ने गर्नुहुन्थ्यो । उहाँहरु धेरै ठुलो मान्छे हो । उहाँहरुसँग बोल्दा अलि बिचार गर्नुपर्छ भन्नुहुन्थ्यो । मेरो सबैसँग बोल्ने बानी नै यस्तो थियो त्यसैले मलाई कसरी बोल्ने भन्ने पनि थाहा भएन । 

 

यस्तैमा एकपटक हरिहर शर्मा चाहि मसँग रिसाउनु पनि भयो । म सबैसंग घुलमिल हुने तरिकाले बोल्ने भएर पनि होला । हरिहर सरलाई  ‘होइन तपाई त्यसरी डायलग नबोल्नु न यसरी भनेको राम्रो सुनिएन’ भनेर मैले भने । मलाई त्यसपछि हरिहर सरले चित्त दुखाउनु भयो कि भन्ने लाग्यो । उहाँले मलाई भन्न त केही भन्नु भएन तर पछि म आफै गएर सरी भने । म अलि बच्चा जस्तै छु त्यसैले मेरो मुखबाट निस्किहाल्यो भनेर मैले सरी भने त्यपछि उहाँ खासै केही भन्नुभएन । मैले नीर शाह सरलाई पनि सरी है मेरो बानी अलि बच्चा जस्तै छ भनेर भने तर उहाँले होइन मलाई त धेरै राम्रो लाग्यो मलाई यस्तै बानी मन पर्छ भनेर भन्नु भयो । मसँग सधै यस्तै तरिकाले बोल्नु भनेर भन्नुभयो । 

 

पेशागत हिसाबले भन्ने हो भने नाटक गाह्रो काम हो । मलाई नाटकमा डायलग भन्ने कुरा सबैभन्दा सजिलो कुरा रहेछ भन्ने लाग्यो । डायलग नभनीरहेको बेलामा नाटकलाई कुरन भावबाट अर्को एउटा चरित्रलाई आफुमा आभिष्ट गरिन्छ त्यो गाह्रो काम रहेछ ।

 

पत्रकारिता /रंगमञ्च 
मलाई कस्तो लाग्छ भने मैले जुन समयमा पत्रकारिता गरिरहेकी थिए, पत्रकारितालाई हामीले एकदमै गहण अन्वेषणका साथ गर्ने हो भने सम्भवत पत्रिकारिता पनि गाह्रो काम नै हो । त्यतिबेला जुन तरिकाको पत्रिकारिता मैले गरिरहेकी थिए त्यसको दाँजोमा थिएटर धेरै गाह्रो काम हो । थिएटरमा धेरै समय दिनुपर्छ । थिएटर भनेको आज गर्छु र सक्छु भन्ने होइन । आफनो पुरा ध्यान यसमा नै दिनुपर्छ । 

 

प्रस्तुति : सुकृत नेपाल

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार