• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

जाडो छल्न र स्वस्थ्य रहन अल्लोको कपडा लोकप्रिय

काठमाडौं । नेपालमा उत्पादिन पहिरनका कपडाहरु स्वेदशमा मात्र होइन विदेशमा धेरै लोकप्रिय हुँदै गइरहेका छन् । सस्तो र कम गुणस्तरीय विदेशी कपडाहरुको तुलनामा नेपाली कपडाहरु बढी टिकाउ मानिन्छन् ।

 

जसमध्ये अल्लोबाट उत्पादित कपडाहरु स्वास्थ्य र फेसनका हिसाबले धेरैको रोजाइमा पर्छ । नेपाली गाउँघरमा पाइने बनस्पतीको विरुवालाई प्रशोधन गरी धागो वा डोरी तयार पारी प्रयोग गर्ने प्रचलन धेरै अगाडी देखि हुँदै आए पनि यतिबेला फेसनएबल पहिरनका कपडाहरु लोकप्रिय हुन थालेका हुन् ।

 

संखुवासभा र सोलुखुम्बु जिल्लामा स्न १९८८ तिर नै अध्ययन अवलोकन गरी कपडा उत्पादन थालिए पनि यसले फेसनका रुपमा बृहत्तर रुप लिन थालेको एकदशक मात्र भएको छ । अल्लोको कपड गर्मी महिनामा लगाउन स्वास्थ्यकर मान्ने गरिन्छ भने जाडो महिनामा न्यानो पहिरनका रुपमा लगाउने गरिन्छ । यतिबेला रुकुम, रोल्पा, लमजुङ, गोरखा लगायतका जिल्लामा विभिन्न डिजाइनमा अल्लोका फेसनएवल पहिरनहरु उत्पादन हुन थालेका छन् ।

 

नेपालमा हाल कोट, मफलर, सल, झोला, वानपिस, मिनिस्कट, हाते ब्याग, जुत्ता, ह्याट, टोपी, मेच टेबुल कभर लगायतका सामाग्रीहरु उत्पादन गरिन्छ । अल्लोका नेचुरल फेब्रिक कपडाहरु धेरैजसो ब्राउन कलरमा तयार हुन्छन् । नेपालमा ग्रामीण भेगका महिलाहरुले हातले बुनेर तयार पारिएका यस्ता अल्लो फेसनका कपडाहरु लगाउन कम्फरटेवल र आकर्षक मानिन्छन् ।

 

विदेशी पर्यटकहरुले विशेष गरेर उपहारका रुपमा लिएर जाने गर्छन । अल्लो कपडा उत्पादन क्लबकी संचालिका लिला राई भन्छिनः नेपालमा मात्र नभई अमेरिका, हङकङ लगायतका देशमा अल्लो धेरैको रोजाइमा परेको छ, विशेषतः स्वास्थ्यका हिसाबले अल्लोका कपडाहरु खोजी हुने गरेको छ ।

 

जेन्स अल्लो कोट- जेन्सका कोटहरु विभिन्न स्टाइलमा तयार छन् । बाक्लो र न्यानो यस्ता कोटहरुको मुल्य १० हजार रुपैयाँ सम्म पर्छ । त्यसबाहेक कोटको गुणस्तर हेरेर मूल्य तोकिएको छ । कोट तयार पार्न मेहेनत धेरै पर्छ । त्यसैले यसको मूल्य गुणस्तर र मेहेनतलाई निर्धारण गरिएको छ । नेपालमा उत्पादिन यी कपडाहरु ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नारासहित विक्री गर्ने गरिन्छ ।

 

सल- अल्लोको धागोबाट बनेका सलहरु विभिन्न स्टाइलमा तयार छन् । फरक–फरक बुट्टा भरेर सललाई सुहाउँदिलो बनाइएको छ । करिब पाँच प्रकारका सलहरु बजारमा छन् । सानो र ठूलो आकारको सलको मूल्य फरक–फरक पर्छ । सलहरु लेडिज र जेन्सहरु दुवैलाई हुने गरी उत्पादन गरिएको छ ।

 

प्याग तथा पर्स- अल्लोबाट बनेका लेडिज प्याग वा पछाडी भिर्ने जेन्स ब्यागहरु आकर्षक मानिन्छन् । व्यागहरु करिब चार आइटमका बजारमा पाइन्छन् । यस्ता व्यागहरु एक हजार देखि माथि मुल्य पर्छ ।

 

अल्लो फेब्रिकमध्ये धेरैको रोजाइमा पर्ने भनेको हाते पर्सहरु हुन् । लेडिज र जेन्सका पर्सहरु सात प्रकारका बजारमा उपलब्ध छन् । बुट्टा र साइज अनुसार पर्सहरुको मूल्य तीनसय रुपैया भन्दा माथि पर्छ । वातावरण अनुकुलका क्यारी ब्यागहरु पनि तयार पारिएको छ ।

 

मफलर- जाडो महिनामा धेरैको रोजाइमा पर्ने अल्लोका मफलरहरु न्यानो हुन्छ । मफलर पनि सानो तथा ठूलो अर्थात बाक्लो र पातलो सबै आकारमा छन् । बुट्टा र झुम्का निकालिएका मफलरहरुको मूल्य फरक फरक पर्छ ।

 

यतिमात्र होइन अल्लो र ढाकाबाट बनेका लेडिज फेसनका पहिरन पनि उत्पादन गरिएको छ । जाडोका लागी न्यानो टोपी तथा ह्याटहरु आकर्षित मानिन्छन् । सामान्यतः उपहारका लागी अल्लोका ह्याट तथा पर्सहरु चल्तीमा छन् ।

जेन्स जुत्ता तथा महिलाका सेन्डलहरु पनि विभिन्न आइटममा तयार पारिएका छन् । टेबुल मेच कभर तथा वालेटहरु, अन्य खेलौनाका सामाग्रीहरु पनि रोजी छानी किन्न पाइन्छ । काठमाडौंको बौद्ध, ठमेल, झम्सीखेल लगायतका स्थानमा अल्लो फेसनका आधिकारिक विक्रेताहरु मार्फत खरिद गर्न सकिन्छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार