• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
रंगमञ्च

माघ ११ बाट मण्डलामा 'स्वप्निल स्वप्न नगरी'

काठमाडौं । स्वप्निल स्वप्न नगरी वर्तमान समाजको प्रतिविम्ब हो । नाटकमा स्वप्न नगरी भनेर काठमाडौं अर्थात राजधानीलाई विम्बित गरिएको छ । उपत्यकामा देशको कुनाकन्दराबाट सपनाको यात्रा गर्नेहरुको कथा हो, नाटक । 

 

आफनो सपना पुरा गर्ने उदेश्यले स्वप्न नगरीमा संघर्षशील पात्रहरु जो  आफनो सपनामा बाँचिरहेका छन् भने कोही सपनाका लागि लडिरहेका छन् त कोही सपनालाई बदलिएर स्वप्न नगरीले जन्माएको अन्य सपनाको पछि दौडिरहेका छन् । त्यहि सपना साकार पार्नको निम्ति स्वप्न नगरीलाई ट्रान्जिट प्वाइन्टको रुपमा स्थापित गरिएको छ । यीनै कथामा बुनिएको छ 'स्वप्निल स्वप्न नगरी' । 

 

 

बिकाश जोशी निर्देशित नाटक स्वप्निल स्वप्न नगरी माघ ११ गतेबाट मण्डला थिएटरमा मञ्चन  हुँदैछ छ भने  नाटकलाई प्रदिप कुमार चौधरीले लेखेका हुन । 

 

आकाश झा,अभिषेक शर्मा, बिना कार्की, छेजिङ जेवा भुटिया, डेविड सुवेदी, ज्ञानेन्द्र भट्टराई, केशव अधिकारी, लालप्रसाद जैसी, प्रकाश भट्टराई, रितु पौडेल, सविना थापा, सचिन लामा, सुशिल पाण्डे, सृजना पाण्डे, सुजित घिसिङ ,सुशिल तामाङ र योवश राईको नाटकमा अभिनय रहनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार