• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

डा.केसीको ब्लड प्रेसर घट्दै, मांसपेसी बाँउडिने समस्या देखियो

काठमाडौं । ११ दिनदेखि सत्याग्रहमा रहेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयुमै सत्याग्रहमा रहेका डा. केसीको ब्लड प्रेसर घट्दै गएको छ । रगतमा सुगर र फस्फोरसको मात्रासमेत कम हुँदै गएपछि अवस्था जटिल बनेको हो ।

 

उनलाई मांसपेसी बाँउडिने समस्यासमेत हुँदै आएको छ । चिकित्सकहरुले उनलाई एन्टिबायोटिक औषधि दिएका छन् । डा।केसीको स्वास्थ्य परीक्षण गर्न अस्पतालले ९ सदस्यीय टोली खटाएको छ । उनीहरुले केसीको पूर्ण निगरानी गरिरहेका छन् ।

 

चिकित्सा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औं अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसद्मा पठाउने सम्झौता गरेको थियो ।

 

आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा। केसीले १६ औँ अनसन इलामबाट सुरु गरेका हुन् । अनसनको ११ औं दिन हुँदासमेत सरकारले उनका माग पूरा गर्न कुनै पहल गरेको छैन । 

 

डा.केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बनेपछि उनलाई उपचारका लागि इलामबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

 

इलामका डाक्टरहरुले केसीको अवस्था अत्यन्त चिन्ताजनक रहेको र जुनसुकै बेला गम्भीर दुर्घटना हुन सक्ने बताएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत रातारात काठमाडौँ ल्याएर शिक्षण अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार