• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

प्रेम र लीलाको मिलन बिछोड ‘प्रेमलिलाको’ ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौं । प्रेम र लिलाको सम्बन्धमा आउने उतारचढावलाई लिएर निर्माण भएको चलचित्र प्रेमलिला को ट्रेलर सार्वजनिक भएको छ । 

 

१० फागुनबाट प्रदर्शनमा आउने यो फिल्मले फिल्मले अन्तर्देशीय प्रेमकथा कथाको रुपमा उठाएको छ । 

 

फिल्ममा दीपशिखा खड्का, अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । 

 

अभिनेत्री खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको हो ।

 

पवन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार