• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सविना मेचेको दुःख : बाबुले सानैमा छोडे, आमा मरेर गइन्

झापा । बाबु सानैमा हराए । साहाराको नाममा आमा थिइन्, उनको पनि मृत्यु भयो । बस्नका लागि घर छैन । जग्गा जमिन छैन । एक्लो जीवन कसरी विताउने थाहा छैन । 

 

आमालाई दागवत्ति दिएसँगै सविना मेचे (१३) को जीन्दगीमा बज्रपात परेको छ । झापा मेचीनगर ११ घर भएकी सविना अहिले एक्लिएकी छिन् । न परिवारको साथ छ , न त अब के गर्ने टुंगो । 

 

सविनाले बाबुके माया थाहा पाइनन् । उनी सानै हुँदा विदेश गएका रे उनका बाबु । तर, आजसम्म उनी फर्किएका छैनन् । आमाको काखमा खेल्दै हुर्किएकी उनलाई आमाले पनि संसार छाडेपछी कसको साहारामा हुर्कने अब कसको थाहा छैन । 

 

खोला नजिकै अरुकै जग्गामा बस्दै आएकी उनको परिवारमा दुःखत घटना पछि उनी आफै आमाको काजकिरीया गर्न बसेकि छिन् ।

 

लामो समय मुटुरोगबाट ग्रसित बनेकी सविनाकी आमा शर्मिला मेचेको बिहीवार मत्यु भए हो । शर्मिला खोलामा गिटीचालेर घर चलाउर्दै आएकी थिइन् ।

 

आमाको मृत्यु पछि उनले आँखा भरि आँसु पार्दै भनिन् ,“बुवालाईे देख्न पाइन,सानैमा छोड्नु भएको हो रे , आमाले पनि छोडेर जानुभयो, अब एक्लै कसरी बाच्ने होला ।” उनले थपिन “आमाको रेखदेखका लागि भनेर पढ्न छोडे,अव म एक्लै कसरी बाच्नु होला।” उनले आफ्नो भविष्य बनाईदिन सबैलाई आग्रह समेत गरिन् ।

 

मेचे समुदायमा नेपालमा महिला काजकिरियामा बसेको यो पहिलो पटक भएको वडा अध्यक्ष सन्तोष मेचेले बताए । परिवारमा अन्य सदस्य नभएकाले उनले आमाको काम गरेको अध्यक्ष मेचेले बताए ।

 

यी बालिकालाइ सहयोग गर्न चाहनुहुन्छ भने तपाइले सिधै खगेन्द्र घिमिरेलाइ उनको मोबाइल नम्बरमा ९८५२६६२३८२ सम्पर्क गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार