• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

अष्ट्रेलियामा गर्मि अत्याधीक: वन्यजन्तु मरे, मानिसहरु अस्पताल भर्ना

काठमाडौं । नेपालमा जाडोका कारण जनजिवन कष्टकर भएका समयमा नेपालीहरुको सपनाको देश अष्ट्रेलियामा गर्मि चर्किएको छ । गत शनिवारदेखि बढेको गर्मिका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू ह्वात्तै बढेको छ ।

 

अष्ट्रेलियाको मौसम पूर्वानुमान निकायको प्रारम्भिक तथ्यांक अनुसार देशभर दैनिक औसत उच्चतम तापक्रम चालिस डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ।  न्यू साउथ वेल्सको नूना नगरमा रातीको समयमा नै तापक्रम ३५.९ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकारीहरूका अनुसार अष्ट्रेलियामा हालसम्म मापन गरिएको मध्ये त्यो सबैभन्दा उच्च न्यूनतम तापक्रम हो।

 

अष्ट्रेलियामा मापन गरिएकामध्ये सबैभन्दा गर्मीको दिन सन् २०१३ को जेनुअरी सात तारिखको दिन थियो जुनबेला राष्ट्रिय औसत तापक्रम ४०.३ डिग्री सेल्सियस थियो।

 


मौसमविज्ञहरूका अनुसार अत्यधिक तापक्रमको लहर अष्ट्रेलियका विभिन्न १० भन्दा बढी स्थानमा पहिले अभिलेख राखिएकोभन्दा बढी विन्दूमा पुगिसकेको छ। साउथ अष्ट्रेलियाको आउटब्याक नगर टारकूलामा गर्मीले रेकर्ड तोडिसकेको छ, जहाँ मंगलबारको तापक्रम ४९ डिग्री पुगेको थियो। साउथ अष्ट्रेलियाको पोर्ट अगस्टामा ४८.९ डिग्री तापक्रम पुगेको थियो।

 

राज्य सरकारका अनुसार बुधवार अत्यधिक गर्मीका कारण साउथ अष्ट्रेलियामा १६ जना मानिसहरू अस्पताल भर्ना भएका थिए। अन्य राज्यका अधिकारीहरूले पनि मानिसहरूलाई घरभित्र नै रहन र थोरैभन्दा शारिरिक गतिविधि कम गर्न भन्दै स्वास्थ्य चेतावनी जारी गरेका छन्। खासगरी वृद्धवृद्धा, दीर्घ रोग भएका र बालबालिकाहरूको हेरविचारमा विशेष ध्यान पुर्याउन भनिएको छ।

 

तटवर्ती शहरहरूमा थुप्रै मानिसहरू स्वीमिंग पूल, समुद्री किनार र पानी भएका अन्य स्थानमा भेला भएर गर्मी कम गर्ने प्रयास गरिरहेका छन्। ‌ बिहीवार भिक्टोरिया, ताज्मेनिया र न्यू साउथ वेल्सका विभिन्न स्थानमा दर्जनौं वन डढेलोका घटनाहरू भएका थिए। बीबीसीबाट ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार